एनभिएसए हिकाष्टको “भोकमरी राहत कार्यक्रम”सम्पन्न

काठमाडौं । नेपालमा लकडाउनका कारण भोकै सडकमा भौँतारिएका मानव तथा पशुपन्छीहरूलाई खाना खुवाउन भेटेरिनरी अध्ययनरत विद्यार्थी हरूले अग्रसरता देखाएका छन् ।

बुधबार काठमाडौँ महानगरपालिका महानगरीय प्रहरीसँगको समन्वयमा नेपाल भेटेरिनरी स्टुडेन्ट्स एशोसिएसन (एनभिएसए हिकाष्ट)ले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

एनभिएसए हिकाष्टको “भोकमरी राहत कार्यक्रम” अन्तर्गत राजधानीको पशुपति क्षेत्र र स्वयम्भुमा रहेका साधु र भिक्षुहरूलाई दालचामल,तरकारी वितरण गरिएको छ । यसैगरी विद्यार्थीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका कुकुर ,बाँदरहरुलाई समेत खाने कुराको व्यवस्था मिलाईको जानकारी कार्यक्रमको संयोजक अविनाश ठाकुरले भेट खबरलाई बताए ।

खानाको निम्ती समाजमा निर्भर रहेका र लकडाउनका कारण आहारबाट  बञ्चित मानव तथा पशुपन्छीहरू यो कार्यक्रम बाट लाभान्वित भएको एनभिएसए हिकाष्टका संयोजक निश्चल घिमिरेले बताए ।