पशुपन्छी तथा माछासँग सम्बन्धित सबै वस्तु तथा सेवा आजबाट खुला, व्यवसायी उत्साहित

काठमाडौं । पशुपन्छी तथा माछा पालन व्यवसाय र यससँग सबम्बन्धित सबैजसो सेवा तथा वस्तु उत्पादन र आपूर्ति व्यवसाय आजबाट सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को बुधबारको निर्णय अनुसार सबै व्यवसाय आजबाट सुचारु गर्न पाइने भएको हो ।

यसअघि सरकारले पशुपन्छीजन्य उत्पादन तथा उपचारलगायत ढुवानी सेवालाई पाससहित सुचारु गर्न दिने नीति लिएको थियो । आजबाट भने सामाजिक दूरीलाई कामयमै राख्दै कोरोनाबाट बच्च अपनाइने सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई उक्त व्यवसाय जारी राख्ने निर्णय गरेको हो ।

आजबाट दुध तथा दुग्धजन्य पदार्थ उत्पादन, पशुपन्छी तथा माछाको दाना र आहारा उत्पादन, कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, गाईबस्तु पालन, पशु औषधी र किटनाशक औषधी उत्पादन तथा विक्रि वितरण गर्न पाइने भएको छ । आजबाट यी क्षेत्रका सबैजसो व्यवसाय सुरक्षित रुपमा सञ्चालन गर्न पाइने भएपछि यस क्षेत्रसँग सम्बन्धीत व्यवसायी तथा किसानले केही राहत महशुस गरेका छन् ।