विश्व यतिबेला कोरोना भाइरसको सन्क्रमण कोभिड–१९ रोगको महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यो रोग बाट अछुतो छैन । यो रोगबाट हुन सक्ने जोखिम र क्षेतीलाई आकलन गरी विश्व स्वास्थ्य सङ्गठनले गएको जनवरी २० देखी नै अन्तर्राष्ट्रिय महत्वको जनस्वास्थ्य इमर्जेन्सी घोषणा गरिसकेको छ । रोग फैलन नदिन लकडाउन बन्दाबन्दी र क्वेरन्टिन उपयुक्त उपाय भएकाले अधिकांश देशहरू अहिले लकडाउन को अवस्थामा छन् । नेपालमा पनि चैत्र ११ गते देखी लकडाउन भैइरहेको छ । लकडाउनकै कारण देशको धेरैजसो सामाजिक र आर्थिक कृयाकलापहरू बन्द भएका छ्न । यो सगै नेपालको पशुपन्छी पालन क्षेत्रमा बिभिन्न समस्याहरू देखा परेका छन । नेपालका करिब ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न छन । ग्रामीण क्षेत्रमा बसोवास गर्ने अधिकांश परिवारले गाई, भैंसी, भेडा, बाख्रा कुखुरा पाल्दछन भने शहरी क्षेत्रमा बसोबास गर्ने मनिसले कुकुर बिरालो जस्ता सहचर पशु पाल्दछन । यो बाहेक थुप्रै किसानहरूले व्यवसायीकारुपमा पशुपन्छी पालीरहेका छन । ।पशुपन्छी क्षेत्रले नेपालको कुल ग्राहस्त उत्पादनमा १२ प्रतिशत योगदान दिएको छ । पशुपन्छी हरुको उपचार, वैज्ञानिक व्यवस्थापनको लागि अतिआवश्यक सेवा भेटेरिनरी सेवा हो ।
भारत लगायत अन्य मुलुकले भेटेरिनरी सेवाको संवेदनशीलता र आवश्यकतालाई बुझी यो सेवालाई अत्यावश्यक सेवाको रुपमा लकडाउनको बेला पनि सञ्चालन गरी रहेकाले किसानहरू भेटेरिनरी सेवाबाट बञ्चित भएका छैनन् । तर हालसम्म पनि नेपाल सरकारले यो सेवालाई अत्यावश्यक सेवामा सूचिकृत नगरेकाले नेपाली किसानहरू मारमा परेका छ्न । दाना लगायतका पशु आहारको आपुर्तिको असहजता र अप्रयाप्त, उत्पादित पशुपन्छीजन्य अन्डा, माछा, मासु ,दूधको खपतमा कमी र बिक्रीबितरणमा परेको असरले गर्दा किसानहरूको अवस्था दिनानुदिन दयनीय बन्दै गैरहेको छ । पशुपक्षीहरूको राम्रो हेरचाह र स्वास्थ्य सेवा पाउन सकेका छैनन् , नियमित रुपमा लगाउनु पर्ने खोरेत, पि पि आर जस्ता महामारी रोगको खोप लगाउन सकिएको छैन । जसको कारणपशुपन्छीहरू बिरामी भइ मृत्यूुहुने दर बढेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै नेपालका पशु चिकित्सकहरूको छाता सङ्गठन नेपाल भेटेरिनरी एशोसियसनले निवेदन र विज्ञप्ति जारी गरी बारम्बार भेटेरिनरी सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गर्न सरकारलाई अपिल गरिरहेको छ । यद्यपी हालसम्म पनि यो सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचिकृत नगरिएकाले किसानहरूको समस्यालाई केही हदमा भएपनि हल गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसनले टेली भेट परामर्श सेवा सातवटै प्रदेशमा सञ्चालनमा ल्याएको छ ।
के हो त टेली भेट मेडिसिन सेवा
सूचना प्रविधिको माध्यमहरू जस्तै टेलिफोन, टेलीभिजन, रेडियो वा अन्य सामाजिक सञ्जालको प्रयोग गरी दुर्गम स्थान वा आपतकालीन अवस्थामा पशु चिकित्सकहरूले पशुपन्छीको रोग वा वैज्ञानिक व्यवस्थापनको लागि किसानलाई परामर्श प्रदान गर्ने सेवालाई टेली भेट सेवा भनिन्छ । यो सेवाअन्तर्गत इमो, स्काइप वा अन्य भिडियोकल सफ्टवेयरको प्रयोग गरी केहीहद सम्म पशुपक्षीको रोग निदान गर्ने, समस्याको पहिचान गर्ने किसानलाई आवश्यक सुझाब दिन सकिन्छ । आवश्यक परेमा पशु चिकित्सकले इ–पे्रस्क्रिप्सन प्रदान गरी किसाननै पशु चिकित्सक को निर्देशन अनुसार आफ्नो पशुपक्षीको उपचार गर्ने सक्नेछन् ।
किसानले कसरी लिन सक्छन टेली भेटसेवा
टेली भेटखसेवाको प्रयोग, दायारा र नितिगत व्यवस्था देशअनुसार भिन्न पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने टेली भेट सेवा पहिलेदेखिनै प्रयोग मा आयता पनी यसको वैज्ञानिक र नीतिगत विकास भएको छैन । यद्यपि आपतकालीन अवस्थामा पशु चिकित्सक हरूले स्वतस्फुर्त रुपमा यो सेवा प्रदान गर्दै आइरहेका छन । यो सेवालाई अहिलेको समयमा हामीले बिस्तार र उचित व्यवस्थापन गर्ने सके थुप्रै किसानहरूले लाभ लिन सक्नेछन् । नेपाल भेटेरिनरी एशोसियसनले हालै सञ्चालनमा ल्याएको टेली भेट सेवा अन्तर्गत देशका बिभिन्न स्थानमा कार्यरत दर्तावाल पशु चिकित्सकहरू को नाम, ठेगाना, फोन नम्बर र विशेषज्ञता बिभित्र सञ्चारका माध्यम मार्फत प्रकाशित गरिएको छ । जसअनुसार पशुचिकित्सकको दक्षताका आधारमा कुकुर तथा बिरालो जस्ता सहचर पशुपन्छीाको समस्याको लागि परामर्श दिन ३६ जना, गाई, भैंसी, बाख्रा, बङुर जस्ता घर पालुवा जनवारको लागि ४४ जना, कुखुराको लागि ५१ जना, जनस्वास्थ्यको लागि १९ जना र मत्स्यपालन र माछाको स्वास्थ्यको लागि ४ जना गरी १५४ जना दर्तावाल पशु चिकित्सकहरूको विवरण सूचिकृत गरिएको छ । किसानले आफ्नो समस्याको आधारमा सूचिकृत पशु चिकित्सकहरू मध्येबाट जो कोहीलाई जुनसुकै समयमा सम्पर्क गरी परामर्श लिन सक्नेछन् ।
नेपाल भेटेरिनरी एशोसियसनले प्रकासित गरेको टेलीभेट सेवामा सूचिकृत पशु चिकित्सकहरूको विवरणको लागि तलको लिंकमा खोल्नुहोस् ।
https://www.facebook.com/permalink.phpstory_fbid=10158063293749520&id=314256784519