लकडाउनमा सडकका पशुपन्छीलाई खाना खुवाउने स्नेहाको दैनिकी(भिडियो सहित)

काठमाडौं । विश्वमा कोरोना भाइरसले माहामारीको रुप लिइरहेको छ । मान्छेले समेत के खाने के गर्ने भन्न् अवस्था उत्पन्न हुन लागेको समयमा स्नेहाको दैनिकी समेत परिवर्तन भएको छ । विहान सबैर उठेर कुकुरको खाना तयार पार्ने र लकडाउनको बेला काठमाडौँ, ललितपुरमा तीन वटा टोली बनाएर खाना खुवाउदै  हिड्ने ।

नेपालमा लकडाउन भएको आज एक महिना ८ दिन भयो । पशुपति, स्वयम्भूनाथलगायतका ठाउँका बाँदर हुन् या सहरभरका कुकुर, काग, परेवाले स्नेहाज केयर बाट आहारा पाउन थालेका छन् ।

अहिले स्नेहाजकेयरले कुकुरको लागी खाना र बादरको लागी भिजाएको चना, पाकेको केरा, उसिनेको आलु लगायतका खानेकुरा बाँडिरहेकी छन्।
छ वर्षपहिला कुकुर प्रेमी श्रीमानले घरमा कुकुर पाल्न मन लागेको कुरा सुनाउदा  सारै दुःखीत भएकीे स्नेहालाई श्रीमानले विश्वस्त बनाएपछि घरमा कुकुर पाल्ने श्रीमानको रहर त पुरा भयो तर स्नेहामा भित्रै देखी खुसीको भाव देखिएको थिएन ।स्नेहाको सहमती पश्चात श्रीमानले घरमा कुकुर ल्याए। कुकुर घरमा ल्याए पछि पनी स्नेहाले कुकुरलाई घर वाहिर मात्र राख्न थालिन केहि दिन पछि एउटा  कुकुर मर्यो ।मर्नुको दोषी आफैंै भएको भान बल्ल स्नेहाले पाईन । तर कुकुर भने छिमेकीले खानामा विष मिसाएर दिएर मारेको पनि उनले पत्तो पाईन बाँचेको अर्को कुकुरलाई उनले अब देखी घर भित्रै राखेर पालने अठा्ेट गर्दै घरभित्र लगेर न्यायो बनाएर राखिन्। अब बल्ल कमलो मन भएकी स्नेहाको मनमा कुकुर प्रतिको माया पलाउन थाल्यो ।त्यस पछिका दिनमा कुकुरको  हेरचाह आफंै गर्न थालिन्। कुकुरको सरसफाइ, खानपान हेर्न थालिन्।

उनको मनमा अनौठो भाव उत्पन्न भयो ।घरमा पालेको कुकुरको त यस्तो छ भने सडकमा रहेका कुकुरको अवस्था कस्तो होला भन्ने भावनले उनलाई पोल्न थाल्यो र सडक कुकुरको समेत हेरचार गर्ने निधो गरिन र स्थापना भयो स्नेहाज केयर । कुकुर र मान्छे तुलना गर्न नसक्ने बताउने स्नेहाले ‘मान्छेलाई दस पटक सहयोग गर्नु र एक पटक नगर्नु, बिच्किहाल्छ। कुकुर त्यस्तो हुँदैन।’ कुकुरलाई एक पटक मात्रै खान दिए पनि सधैंै पछिपछि आउँछ। जनावरमा लोभलालच हुँदैन। मान्छेसँग तुलना गर्न मिल्दैन।