कोरोना कोषमा पशुपन्छी औषधी व्यवसायीको २ लाख ८२ हजार सहयोग, बागमती प्रदेशबाटै ९० हजार (कसले दिए कति ?)

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी २ लाख ८२ हजार तीन सय २२ रुपैयाँ एकमुष्ठ रुपमा सहयोग गर्ने भएको छ ।

यसमध्ये संघको केन्द्रीय कार्यसमितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै, संघको प्रदेश नं. १ बाट २० हजार रुपैयाँ, बागमती प्रदेशबाट ७० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट २० हजार, कर्णाली प्रदेशबाट २० हजार १ सय, सुदूरपश्चिम प्रदेशबाट २१ हजार १ सय ११ हजार, बागमती जिल्ला शाखाबाट २० हजार सहयोग गर्ने भएकाे संघका अध्यक्ष भूपेन्द्रप्रसाद गाैतमले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

संघले उक्त कोषमा सहयोग गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । साथै संङले पशुपन्छीबाट काेराेना भाइरस मानिसमा सरेकाे कुनै प्रमाण नभएकाेले पशु स्वास्थ्य सेवा, पशुपन्छी पालन तथा स्याहार जस्ता सेवालाई अत्यावश्यक सेवामा राखेर सेवा सञ्चालनमा ल्याउन समेत आग्रह गरेको छ ।

विज्ञप्ती हेर्नुहाेस्