भेटेरिनरी एशोसिएशनले सुरु गर्यो भेट टेली–परामर्श सेवा, कुन समस्यामा कसलाई फोन गर्ने ? (सूचीसहित)

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले भेट टेलि–परामर्श(दूर–परामर्श) सेवा सुरु गरेको छ । लकडाउनका कारण पशुपन्छी पालक किसान, व्यवसायी तथा पशु कल्याणका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तिलाई परेको समस्यालाई सम्बोधन गर्न एशोसिएशनले यस्तो सेवा सुरु गरेको जनाएको छ । एशोसिएशनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार एशोसिएशनको बारम्बारको मागपछि पनि सरकारले पशु स्वास्थ्य सेवालाई अत्वावश्यक सेवाको सूचीमा नराखेकोले पशुपन्छीको स्वास्थसम्बन्धी सेवा प्रवाह हालको संकलकालिन अवस्थामा असहज भएकोले दूर परामर्श सेवा सुरु गरिएको हो ।

यो सेवा लिन चाहने सेवाग्राहीले आफ्नो नजिक पर्ने र आफ्नो पशु तथा पन्छीसम्बन्धी सम्बन्धीत पशु चिकित्सकलाई फोन गरेर परामर्श लिन सक्ने छन् । यसका लागि एशोसिएशनले पशु चिकित्सकहरुको नाम, ठेगाना र विषयविज्ञतासहितको नामावली तयार पारी प्रकाशित गरेको छ ।

कुन समस्यामा कसलाई फोन गर्ने ? हेर्नुहोस् सूचीसहितकाे सूचना :