किसानलाई क्षतिपूर्तिसहित राहत कार्यक्रम ल्याउन सरकारसँग नेल्टाको माग

काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले पशुपन्छी तथा माछा पालक किसान र व्यवसायीलाई क्षतिपूर्तिसहति आर्थिक राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री नभएर पोख्नु पर्ने अवस्था आएको, कुखुरा पालक किसानले उत्पादित कुखुरा, चल्ला र अण्डा गाड्नु पर्ने अवस्था आएको भन्दै उक्त क्षतिको क्षतिपूर्ति दिन नेल्टाले माग गरेको नेल्टाका अध्यक्ष जनकबहादुर रावलले बताए ।

खास गरी दूध, कुखुरा, चल्ला, कुखुरा तथा पशु र माछाका दाना सहज रुपमा ढुवानी गर्न पासको सहज व्यवस्था हुन नसकेको अध्यक्ष रावलले बताए ।

किसानहरुले सहज ढुवानीका लागि पासको व्यवस्था सहज रुपमा गरिदिनसमेत नेल्टाका महासचिव सुरेश श्रेष्ठले विज्ञप्ती जारी गरेर माग गरेका छन् । सरकारले २५ गतेसम्मका लागि गरेको लकडाउनको पालन गर्न पनि नेल्टाले सबैलाई आग्रह गरेको हो ।

हेर्नुहाेस् विज्ञप्ती