कोरोना कोषमा नेव्लाको १ लाख ५१ हजार सहयोग, पशु स्वास्थ्यलाई अत्यावश्यक सेवाको सूचीमा राख्न आग्रह

काठमाडौं । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएशन(नेव्ला)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीसँग जुध्न सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एशोसिएशनका अध्यक्ष रामप्रसाद मेहताले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

साथै नेव्लाले विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस पशुपन्छीबाट मानिसमा सरेको कुनै प्रमाण हालसम्म नदेखिएको भन्दै पशुपन्छीको व्यवस्थापन तथा रेखदेख र स्यहार सुसार जस्ता कार्यलाई सुरक्षित तवरले गर्न समेत पशुपालक कृषक, उद्यमी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

कृषि र पशुपालनका लागि आवश्यक पर्ने आहारा व्यवस्थापन, औषधीहरु, रसायनिक मल, सिंचाईका लागी इन्धन आदीको व्यवस्थापन र आपूर्ति सहज बनाउन समेत एशोसिएशनले सरकारलाई आग्रह गरेको छ । साथै, पशु स्वास्थ्य सेवालाई अत्यावश्यकीय सेवाको सूचीमा राख्नसमेत एशोसिएशनले सरकारलाई आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्तीको पूर्ण पाठ