‘ज्येष्ठ पाराभेटेरिनरीयनहरूको भूमिका सराहनीय’ : मन्त्री चौधरी

काठमाडौं ।जेष्ठ पाराभेटेरिनरीयनको प्रथम राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार काडमाडौंमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरिन् ।

त्यस अवसरमा उनले पाराभेटेरिनरीयन र नेपालको कृषि अर्थतन्त्रबीच गहिरो साइनो रहेको बताइन् । उनले नेपालको अर्थतन्त्रको विकासमा ज्येष्ठ पाराभेटेरिनरीयनहरुको भूमिका सराहनीय रहेको उल्लेख गदै समाजमा पनि उनीहरुको पेशालाई सम्मान पाउनु पर्नेमा जोड दिइन ।

मन्त्री चौधरीले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताइन् । नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनद्वारा आयोजित कार्यक्रमा सरकारले कृषिलाई व्यवसायिकरण गरी कृषि तथा पशुजन्य वस्तुका उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्नेु पर्ने पनि उनले बताइन् ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आवद्ध भएकोले यसपेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेटको विनियोजना गर्नुपर्नेमा जोड दिए ।

उनले यस क्षेत्रले मुलुकको गाहस्थ उत्पादनमा एक तिहाई योगदान दिएको चर्चा गरे ।

भेलाले कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।