चितवनमा जेठ २५ र २६ गते एनभिएको वार्षिक साधारणसभा

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को वार्षिक साधारणसभा यही जेठ २५ र २६ गते चितवनमा हुने भएको छ ।

एक सूचना जारी गरी गर्दै एसोसिएसनले जेठ २५ र २६ गते चितवनमा वार्षिक साधारणसभा हुने जनाएको छ ।

एनभिएका अनुसार, वार्षिक साधारणसभाकै अवसरमा १५औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २४) पनि आयोजना हुँदैछ ।

आफ्नो वार्षिक साधारणसभामा उपस्थित हुन एनभिएले सबै सदस्यमा अनुरोधसमेत गरेको छ ।

देशभरका भेटेरिनरियन तथा पशु चिकित्सकहरूले पशुपालनका विभिन्न क्षेत्रबारे गरेका अध्ययन र अनुसन्धानबारे साधारणसभामा छलफल हुने तालिका छ । यस अवसरमा सार्क भेटेरिनरी अवार्ड २०२३ पनि प्रदान गरिने एसोसिएसनले जनाएको छ ।

साधारणसभाले सदस्यहरूलाई अन्तर्दृष्टि साझा गर्न र पशु चिकित्सा विज्ञान र अभ्यासको प्रगतिमा योगदान पु–याउने विश्वास पनि एसोसिएसनको छ ।