लेस्मानियसिस के हो, कसरी सर्छ ?

परिचय
लेस्मानियसिस रोग स्याण्ड फ्लाई (भुसुना) को टोकाइबाट सर्ने एक जीर्ण प्रकारको प्रोटोजोवल रोग हो । यो खासगरी कुकुरमा लाग्ने गर्छ । बिरालो, खरायो, मुसा र मानिसलाई समेत यस रोगले संक्रमण गर्दछ । मानिसमा यो रोग लागेमा कालाजार भनिन्छ । यो रोग युरोप, अफ्रिका, एसिया र अमेरिकालगायत महादेशका धेरैजसो देशमा देखिएको छ । नेपाल सरकारले यसको नियन्त्रणलाई आफ्नो प्राथमिकतामा राखेको छ ।

कारक तत्व
लेस्मानिया (Leishmania) नाम गरेको प्रोटोजुवाको कारणबाट यो रोग लाग्छ ।Leishmania का २० भन्दा बढी प्रजातिहरूबाट यो रोग लाग्दछ र प्रायः प्रजातिहरू मानिसमा पनि सर्न सक्छ ।

रोग सर्ने माध्यम
यस रोगको कीटाणु मुख्य गरी दुई तरिकाबाट सर्ने गर्दछ ।
१. स्याण्ड फ्लाई (भुसुना): रोगी भुसुनाले स्वस्थ कुकुर वा मानिसलाई टोकेमा यो रोग सर्दछ । पोथी भुसुनाले मात्रै यो रोग सार्न मद्दत गर्छ ।

२. रोगी माउ कुकुरबाट छाउरा–छाउरीमा गर्भावस्थामा माउबाट बच्चामा सर्न सक्छ ।
मानिसमा यो रोग कुकुरबाट सिधा सर्दैन तर रोगी कुकुरलाई टोकेको भुसुनाले मानिसलाई टोकेमा सार्दछ ।

जीवन चक्र
यो रोगको प्रोटोजुवाले दुई वटा आश्रयदातामा आफ्नो जीवन चक्र पूरा गर्छ । स्याण्ड फ्लाई (भुसुना) र जनावर वा मानिस ।

लक्षणहरू
कुकुरमा
यो रोगको कीटाणु शरीरमा प्रवेश गरेको ३ महिनादेखि वर्षौ दिनपछि लक्षण देखापर्न सक्छ । ५० प्रतिशत कुकुरहरूमा कुनै लक्षण देखिँदैन । लक्षण देखिएमा निम्न लक्षणहरू देखिन्छन् ।
छालासम्बन्धी
-९० प्रतिशत कुकुरमा छालासम्बन्धी लक्षणहरू देखिन्छ
-रौँ झर्ने
-मुख, अनुहार र खुट्टाको छालामा गाँठा आउने र घाउ हुने ।
-खुट्टाको नङ लामो हुने ।

आन्तरिक अंगसम्बन्धी ज्वरो आउने लिम्फनोड्सहरू सुन्निने
१.फियो सुन्निने
२.मृगौला खराब हुनु
३.दुब्लाउदै जाने
४.नाकबाट रगत बग्ने
५.अत्याधिक पानी पाउने
६.बान्ता गर्ने
७.छेर्नै
मानिसमा
मानिसमा तीन प्रकारको लक्षण देखिन्छ ।
१. Visceral form (Kala–azar): सबै भन्दा प्राणघातक अवस्था । ज्वरो आउने, रक्तअल्पता, कलेजो र फियो सुनिने ।
२. Cutaneous form ायचmस् प्राय यो अवस्था देखिन्छ । शरीरको विभिन्न भागको छालामा घाउ हुने ।
३. Mucocutaneous form :नाक र मुखभित्र घाउ हुने ।
पशुहरूमा पशु चिकित्सकको परामर्शमा उपचार गर्नुपर्दछ ।

रोकथाम तथा नियन्त्रण
१. रोगको निदान तथा उपचारः रोगको निदान गरी तुरुन्त उपचार गर्ने ।
२. खोपः अन्य देशमा खोप उपलब्ध छ । तर नेपालमा छैन ।
३. भुसुनाको नियन्त्रणः भुसुनाले टोक्नबाट बचाउन बजारमा पाइने विभिन्न प्रकारका कीटनाषक औषधिहरू जस्तैः Permethrin, Deltamethrin, Flumethrin, Fipronil आदि कुकुरको शरीरमा लगाउने Spot on or Collar को रूपमा)
४.आश्रयदाताको नियन्त्रणः बिहान र साँझको समयमा भुसुना बढी सक्रिय हुने भएको हुँदा उक्त समयमा कुकुरलाई बाहिर नछाड्ने ।
५.निरन्तर सर्भिलेन्सः कुकुर, बिरालोमा निरन्तर सर्भिलेन्सको कार्य गर्ने ।
५ एक स्वास्थ्य रणनीतिः जनावर र मानिस दुवैमा यस रोगले संक्रमण गर्न सक्ने भएकाले दुवै पक्षले सामूहिक रूपमा समन्वय गर्दै नियन्त्रणका रणनीतिहरू अवलम्बन गर्ने ।

भेटेरिनरी चौमासिकबाट
(श्रेष्ठ केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक हुन ।