‘लम्पी स्किन’ क्षतिको प्रतिवेदनका आधारमा क्षतिपूर्ति दिने

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी,लम्पी स्किनलगायतका विषयमा पनि मन्त्रिपरिषद् गम्भीरतापूर्वक छलफल भएको छ ।‘लम्पी स्किन’को खोप सरकारले निःशुल्क उपलब्ध गराउने निर्णयसमेत भएको उनको भनाइ छ।

लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारले जनाएको छ