काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको अधिवेशनले कृष्णबहादुर अधिकारी (रमेश)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
शाखाको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रत्नकाजी प्रजापति, सचिवमा शरणकुमार खनाल, सहचिवमा ध्रुव थापा, कोषाध्यक्षमा नारायणप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमितिका सदस्यहरुमा यमलाल मरासिनी, सन्तोषकुमार सुवेदी, सचिन राजोपाध्याय, रिषभ गौतम निर्वारोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिमा मनोनित सदस्य सावित्री श्रेष्ठ र पदेन सदस्यका रुपमा कार्यसमितिका निवर्तमान अध्यक्ष रत्नकुमार बडाल रहेका छन् ।
‘व्यवसायिक हितमा ऐक्यबद्धता, गुणस्तरमा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ शुक्रबार बसुन्धारास्थित इन्द्रेणी बैंक्वेटमा आयोजना गरिएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन नेपाल पशुपन्छी व्यवसायी संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले गरेका थिए । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष रत्नकुमार बडालले गरेका थिए ।
अधिवेशनको उद्घाटन कार्यक्रममा कसले के भने ? भोलीको भेट खबर डट कम मा प्रकाशन हुने छ ।
Language »