काठमाडौं । सरकारले अब पशु बीमाको ८० प्रतिशत प्रिमियम तिरिदिने भएको छ ।
यसअघि सरकारले पशु बीमामा ७० प्रतिशत दायित्व बेहोर्दै आइरहेको थियो । त्यसलाई बढाएर सरकारले ८० प्रतिशत पुर्याएको हो ।
आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकारले पशु बीमाको ८० प्रतिशत दायित्व सरकारले बेहोर्ने जानकारी दिए ।
अर्थमन्त्री शर्माले अहिले आिर्थक वर्ष ७९/८० को अनुमानित आयव्यय विवरण अहिले सार्वजनिक गरिरहेका छन् । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।