काठमाडौं ।नेपाल भेटेरिनरी स्टुडेन्ट एसोसिएसनको अध्यक्षमा अविनाश ठाकुर “भाल्टर” निर्वाचित भएका छन् ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले ठाकुरलाई अध्यक्ष चयन गरेको हो । ठाकुर यसअघि स्टुडेन्ट एसोसिएसनको सचिव थिए ।
सचिवकाे जिम्मेवारीमा रहँदा उनले सडकका विपन्न वर्गका मानिस तथा पशुलाई राहत वितरण गरेका थिए । एसोसिएसनले सञ्चालन गरेको छाडा जनावरको उद्धार तथा उपाचार, पहिलो दक्षिण एसियाली भेटिरिनरी कन्फ्रेन्स, रेबिज भ्याक्सिनेसन, बन्ध्याकरणलगायत कार्यक्रममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी, अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आकाश सुवेदी, उपाध्यक्षमा अनुजा घिमिरे र कैशल रिजाल, उप–सचिवमा खिमानन्द केसी र कोषाध्यक्षमा गौरव न्यौपाने चयन भएका छन् ।
उप–कोषाध्यक्षमा सलिना द्वारे र विमला कटुवाल कार्यक्रम संयोजकमा सुवास गुरुङ र दमन अधिकारी छानिएका छन् । यस्तै समितिका सदस्यहरूमा सन्देश ओली, एलिज खनाल , सव्सतिका ठकुरी , विभूति बम र विधा सागर यादव निर्वाचित भएका छन् ।
नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा एनभिएसएले नवनिर्वाचित समिति घोषणा गरेको हो । एनभिएसएले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम आयोजनाका गर्नका लागि विभिन्न जिम्मेवारी समेत दिएको बताएको छ । जसअन्तर्गत हेड अफ डिपार्टमेन्टमा प्रविन महता, खेलकुद शाखा प्रमुखमा निश्चल अधिकारी , उपप्रमुखमा मनोज, स्वास्थ्य शाखा प्रमुखमा टिना थापा, उप प्रमुखमा गेहेन्द्र बुढा थापा, रेनिसा मानन्धर, सम्पादकमा विजेता केसी र सह–सम्पादकको जिम्मेवारी जीवन घिमिरेलाई दिइएको छ ।