काठमाडौं । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाले नयाँ नेतृत्व पाएको छ । संघको मंगलबार सम्पन्न नवौं अधिवेशनले डिल्लीराज ज्ञवालीलाई अध्यक्षमा निर्वरोध चयन गरेको हो ।
उपाध्यक्षलगायत १० पदमा पनि निर्विरोध निर्वाचित गरिएको छ । उपाध्यक्षमा शशिधर सापकोटा चयन हुँदा सचिव र कोषाध्यक्षको जिम्मेवारी क्रमशः पिताम्बर खरेल र रेणुका सापकोटाले पाएका छन् ।
संघका अनुसार सह–जिम्मेवारी विनोद अर्यालले पाएका छन् ।
अधिवेशनले चार सदस्य पनि निर्वारोध छनौट गरेको छ । जसमा मीनाकुमारी चालिसे (महिलातर्फ) प्रकाशचन्द्र बञ्जाडे, खिमलाल ढकाल, केशवराज भण्डारी र हेमराज गिरी छन् ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमलगायतको उपस्थिति थियो ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको यही पुसमा अधिवेशन हुँदैछ । त्यसपूर्व संघका २२ जिल्ला र सात प्रदेश कमिटीले धमाधम अधिवेशन गरिरहेका छन् । यसअघि वाग्मती र गण्डकी शाखाको अधिवेशन सम्पन्न भइसकेको छ ।