काठमाडौं । नेपालले भारतबाट आयात हुने पोल्ट्री जन्य वस्तु प्रतिबन्ध लगाएको छ । भारतका विभिन्न प्रदेशमा केही दिनदेखि तिव्र रुपमा बर्डफ्लु संक्रमण फैलि रहेकाले नेपालमा भित्रीन नदिन प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले बताए । मन्त्रालयले बुधवारदेखि आयातमा रोक लगाएको हो ।
घिमिरेले भने, भारतमा बर्डफ्लु तिव्र रुपमा फैलिएकाले नेपालमा पोल्ट्री जन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएको हो ।
घिमिरेका अनुसार मन्त्रालयले पशु सेवा विभाग मार्फत नेपाल–भारत सीमाका क्वारेन्टाइन चेक पोष्टलाई समेत पत्राचार गर्न निर्देशन दिएको छ ।