कान्तिपुर फर्मास्युटिकल्स आइपीओमा जाने तयारी

काठमाडौं। पशुपन्छीको औषधि एवं फिड सप्लिमेन्ट उत्पादनको कारोबार गरिरहेको कान्तिपुर फर्मास्युटिकल्स प्रा.लि.ले साधारण सेयर (आइपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ।

यसका लागि कान्तिपुर फर्मास्युटिकल्स प्रा.लि.लाई कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडमा रूपान्तरण गरिएको छ। कान्तिपुर फर्मास्युटिकल्स प्रा.लि.ले लगानी विस्तार तथा थप परियोजनाहरूका साथ पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएको हो।

अब साधारण सेयर (आइपीओ) मा जाने योजनासहित मुक्तिनाथ क्यापिटल लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडबीच आइपीओ निष्कासनमा सहयोग गर्ने सम्झौता भएर प्रक्रिया अघि बढिसकेको कम्पनीका प्रमुख हेमराज बडाल (ऋषी)ले बताउनुभयो।

कान्तिपुर भेट डिष्ट्रिब्युटर्स समूहअन्तर्गत कान्तिपुर भेट, कान्तिपुर कफी, युनिक कोल्ड स्टोर, कान्तिपुर पोल्ट्री लगायतका कम्पनीहरू सञ्चालनमा छन्। पशुपन्छीको औषधि आयात गरिरहेको कान्तिपुर भेटले कुखुरापालन, दाना उत्पादन एवं कोल्ड स्टोर समेत सञ्चालन गरिरहेको छ।