तपाईं पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । व्यवसायीका समस्या कस्ता–कस्ता छन् ?
पशुपन्छी औषधि व्यवसायी संघ सुदूरपश्चिमको म थोकतर्फको केन्द्रीय सदस्य हुँ । संघमा आबद्ध थोक व्यवसायीहरूले भोग्ने समस्याका बारेमा म धेरै अवगत छु । पशुपन्छीको औषधि आयातकर्ता स्वदेशी तथा विदेशी कम्पनीहरूले थोक व्यापारीलाई नजरअन्दाज गरी बढी फाइदा लिन सिधा खुद्रा व्यापारीलाई बिक्रीवितरण गरिरहेका छन् ।
यसबाट पशुपन्छीको थोक औषधिको व्यवसाय गर्ने व्यापारीहरू मर्कामा परेका छन् । आयातकर्ताहरूले औषधि व्यवस्था विभागमा दर्ता नभएका व्यावसायिक फर्मसँग पनि कारोबार गरिरहेको हामीले देखेका छा् । यो विकराल समस्या हो र यसको तत्काल अन्त्य गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।
तपाईंले पशुपन्छी औषधि व्यवसायी संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाईंको उम्मेदवारी किन र केका लागि ?
पहिलो मेरो उम्मेदवारी व्यावसायिक हकहितका लागि नै हो । त्यस्तै, माथि नै उल्लेख गरेअनुसार थोक व्यवसायीहरू ठूलो मर्कामा छन् ।
उनीहरूले अहिले भोगिरहेका समस्या समाधान गर्ने दिशातर्फ मेरो ध्यान केन्द्रित रहन्छ । तेस्रो, संघलाई व्यवस्थित बनाउने मेरो अभियान जारी रहन्छ । चौथो, संघमा आबद्ध हरेक व्यवसायीको पीर, मर्का, दुःख र समस्यालाई यथोचित रूपमा सम्बोधन गर्न म कटिबद्ध छु ।
वर्तमान कार्यसमितको २ वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
पदीय हैसियतमा रहेकाहरू सोहीअनुसार काम ग¥यो भने संस्थाको मर्यादा कायम रहन्छ । संस्थाको मर्यादा र प्रतिष्ठालाई उचो राख्न सक्नु पर्छ । यस अर्थमा संघको वर्तमान कार्यसमितिको कार्यकाललाई म औसत ठान्दछु । यो कार्यकाललाई उत्साहपूर्ण मान्न सकिँदैन ।
संघमा अब निर्वाचित हुने नयाँ कार्यसमिति कस्तो हुनुपर्छ ?
नयाँ नेतृत्व सर्वहितकारी हुनुपर्छ । स्वार्थरहित हुनुपर्छ । व्यावसायिक हकहितका लागि डटेर लड्न सक्ने सबल हुनुपर्छ । संघका हरेक सदस्यको समस्यालाई गम्भीर ढंगले बुझ्ने खालको हुनुपर्छ ।
Language »