पशुपन्छी औषधि व्यवसायीको सहयोगीका रूपमा रहेका बजार प्रतिनिधिहरू सहयोगी मात्र नभएर व्यवसायी र बजारबीचको कडी पनि हुन् । हामी बजार प्रतिनिधिहरू कम्पनी वा वितरकका माध्यमबाट बजारमा खटिए पनि उपभोक्ता र किसानदेखि लिएर प्राविधिक, पशुचिकित्सक, खुद्रा तथा थोक व्यवसायी, सुपर स्टोकिष्टका साथै सबै सम्बद्ध सरकारी निकाय तथा स्थानीय सरकारसँग सँगसँगै काम गरिरहेका छौं । यसप्रकार हामीसँग सबै पक्षका महत्वपूर्ण जानकारीहरू हुने गर्छ । जसको सदुपयोग व्यवसायी संघ तथा अन्य पेशागत संघ संगठनहरूले आफ्ना राम्रा सामाजिक तथा व्यावसायिक कार्यक्रम र योजना प्रभावकारी ढंगले सहकार्य तथा आपसी समन्वयका माध्यमबाट सम्बन्धित क्षेत्रमा लागू गर्न सक्छन् ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न १४औं केन्द्रीय महाधिवेशनले सबल, सक्षम र दूरदर्शी नेतृत्व प्राप्त गर्न सकोस्, जसले हाल नेपालमा रहेका पशुपंक्षीका औषधिको बजारीकरणका समस्या, तमाम साना तथा मझौला किसानका समस्या, थोक तथा खुद्रा व्यवसायीका समस्या लगायतका विषयमा दूरगामी र प्रभावकारी निर्णयका साथ ‘सधैंका लागि व्यवसाय, सबैका लागि व्यवसायी संघ’ बन्न सकोस् भन्ने हार्दिक शुभकामना छ ।
नियामक तथा निर्णायक सरकारी निकाय तथा विभागसँग स्पष्ट कार्ययोजनाका साथ प्रस्तुत भई सोको प्रत्यक्ष लाभ आफ्ना व्यवसायी तथा सम्बद्ध किसानहरूसम्म पु¥याउन नयाँ नेतृत्वले सकोस्, जसले गर्दा खस्कँदो व्यवसाय तथा व्यवसायीले राहत महशुस गर्न पनि सकून् ।
साथै एन्टिबायोटिक औषधिको समुचित प्रयोगको विषयमा पनि व्यापक जनचेतना फैलाउन आफ्नो भूमिका प्रभावकारी बनाउन सकोस् भन्ने कामना गर्न चाहन्छु । यसरी नै पशुपन्छी पालक किसानहरू पलायन हुने गरेको तथा समग्र पशुपन्छी व्यवसाय ह्रासोन्मुख रहेको तर्फ पनि उचित र तत्काल ध्यान पु¥याउनु आवश्यक भइसकेको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।
अन्त्यमा, हामी र हाम्रा बजार प्रतिनिधि साथीभाइहरूका कार्य अनुभव, जानकारी तथा व्यापक सञ्जाललाई पारस्परिक सहयोग र सद्भावका माध्यमबाट समग्र पशुपन्छी व्यवसाय तथा व्यवसायीका समस्या समाधानमा र नयाँ नयाँ नीति एवं कार्यक्रम तथा योजना समयानुकूल लागू तथा परिमार्जन गर्न औषधि व्यवसायी संघले सहकार्य गरोस् भन्ने उच्च आकांक्षा तथा आग्रहका साथ बागमती प्रदेशको सुन्दर नगर चितवनमा हुन गइरहेको केन्द्रीय महाधिवेशनको भव्य सफलताको पुनः शुभकामना व्यक्त गर्दछु ।
Language »