पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रारमा बुढा नियुक्त

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रारमा पूर्णबहादुर बुढा नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्ले परिषद् बैठकले बुढालाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पशुस्वास्थ तथा पशुसेवा व्यवसायी परिषद ऐन, २०७९ संसदबाट पारित भएपछि पशुपन्छी क्षेत्रका प्राविधिकको नियामक निकाय गठनको बाटो खुलेको थियो । त्यसको एक वर्षपछि परिषदले रजिष्ट्रार पाएको हो ।

पशुपन्छी क्षेत्रको विकास सक्रिय बुढा नेपाल पारा भेटेरिनरि एन्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का पूर्वअध्यक्ष हुन् ।