Home पशु र मानव न्यू होपले असोज ६ गते व्यावसायिक ब्रोइलर पालनसम्बन्धी कार्याशाला गर्ने
काठमाडौं । नेपालको बायोलोजिकल दाना उत्पादक कम्पनी न्यू होपले आगामी असोज ६ गते व्यावसायिक ब्रोइलर कुखुरापालनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
दाङको घोराहीस्थित पौवा होटलमा शनिबार बिहान ११ बजेबाट एकदिने कार्यशाला गोष्ठी सञ्चालन गर्न लागिएको न्यू होपले जनाएको छ ।
कार्यशालामा सहभागी हुन चाहने किसानले आगामी असोज ४ गते ४ बजेभित्र नाम दर्ता गर्नुपर्नेछ । त्यसका लागि ९७०२६४३४७० र ९७०२६४३३१९ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार गोष्ठीमा कम्पनीभित्र र बाहिरका करिब आधा दर्जन पोल्टी विशेषज्ञ तथा भेटेरिनरी चिकित्सकले व्यावासायिक ब्रोइलरबारे करिब एक दर्जन कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यपत्र प्रस्तुतिपछि किसान र विज्ञबीच प्रश्नोत्तर तथा छलफल सेसन पनि राखिएको छ ।
कार्यक्रममा सहभागीलाई टी–शर्ट, कपी, पेन, लिफलेटसँगै दिउँसोको खाजाको व्यवस्थासमेत गरिएको छ ।
न्यू होप नेपालका वरिष्ठ प्राविधिक डा. मनोज लामिछानेको अध्यक्षतामा सञ्चालन हुने उक्त कार्यशालाको प्राविधिक संयोजन तथा सञ्चालन पोल्ट्री कन्सल्ट्यान्ट डा. विवेक बन्धु रेग्मीले गर्नेछन् ।
हेर्नुहोस कुन चिकित्शकले के विषयमा ?
Language »