शून्य बजेटविरुद्ध पशुपन्छी क्षेत्रका ८ संस्थाले घोषणा गरे संयुक्त आन्दोलन

काठमाडौँ । पशु सेवा विभाग अन्तर्गतका २० भन्दा बढी निकायलाई बजेट शूल्य बनाइएको विरोधमा पशुपन्छी क्षेत्रका विभन्न ६ संघसंस्थाले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

लम्पी स्किन रोगले भयाबह रुप लिइरहेको, अफ्रिकन स्वाइन फिबर, बर्ड फ्लु जस्ता अनेक रोगको समस्या बढिरहेका बेला सरकारले पशु सेवा विभागअन्तर्गका निकायलाई बजेट शून्य बनाएको भन्दै उनीहरुले आन्दोलन गर्ने एक विज्ञप्तिमार्फत जनाएका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएशन, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एशोसिएशन, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ, नेपाल एनिमल साइन्स एशोसिएशन, नेपाल पशु स्वास्थ्य प्रविधिक संघ, नेपाल लेयर कुखुरा पालक संघ र नेपाल दाना उद्योग संघले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले उक्त शुन्य बजेटको अवस्था बारे जानकारी दिन ३ भदौमा पत्रकार सम्मेलन गर्ने, ४ र ५ भदौमा यो क्षेत्रसँग सम्बन्धीत सेवा प्रदायकले हातमा कालोपट्टी बाँधेर काम गर्ने, ६ देखि १० भदौसम्म आवश्यकबाहेकका सेवा बन्द गरी पेनडाउन, जुलुस, धर्ना र दबाब कार्यक्रम गर्ने, ११ भदौपछि जिम्मेवार निकायका प्रमुखको राजीनामा माग्ने, क्वारेन्टाइन तथा भेटेरिनरी प्रमाणपत्र जारी गर्न बन्द गर्ने, आयात निर्यात सिफारिस बन्द गर्ने, सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने र सिंहदबार घेराउ गरी थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् ।

यस्तो छ विज्ञप्ति