काठमाडौं । हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट)ले बिएस्सी (अनर्स) एग्रिकल्चरमा विद्यार्थी भर्ना आह्वान गरेको छ । ‘गुणस्तरीय शिक्षाका माध्यमबाट कृषि क्रान्ति’भन्ने नाराका साथ सने २००० देखि सञ्चालनमा आएको सो कलेजले ट्युशन शुल्कमा ३० प्रतिशत छुट दिने जानकारीसहित भर्ना आह्वान गरेको हो ।
विएस्सी एग्रिकल्चर विषय अध्ययनका लागि प्लसटुमा विज्ञान संकायमा कृषि विषय पढेका, आइएस्सीमा कृषि पढेका, प्लसटु साइन्स तथा ए–लेभनल पढेका विद्यार्थीहरुले आवेदन गर्न सक्ने कलेजले जनाएको छ । तर, यी विषय पढेका विद्यार्थीले ४५ प्रतिशत उत्तीर्णाक ल्याएको वा जीपीए २ सम्म ल्याएको हुनुपर्ने छ ।
उक्त शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्थीका लािग छात्रवृत्ती पनि उपलब्ध रहेको कलेजले जनाएको छ ।