Home कृषि ‘शून्य बजेट’बारे छलफल गर्न पशु सेवा क्षेत्रका प्रतिनिधिलाई प्रधानमन्त्रीले दिए ४ बजे...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र पशु सेवा क्षेत्रका कर्मचारी तथा संघसंस्थाका प्रतिनिधिबीच आज अपरान्ह ४ बजे छलफल हुने भएको छ । पशुसेवा विभाग अन्तर्गतका कार्यालयहरुलाई सरकारले ‘बजेट शून्य’ बनाउँदा आइपरेको समस्याका विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनीहरुलाई बोलाएका हुन् ।
त्यसअघि पशु सेवा क्षेत्रका कर्मचारी तथा संघसंस्थाका प्रतिनिधिहरु प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीले उनीहरुलाई सिंहदबारमा भेटका लागि समय दिएका थिएनन् । तर, प्रधानमन्त्री प्रचण्ड सिंहदबरबारबाट बाहिरिने क्रममा गेटमै भेटेर नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले समस्याबारे संक्षिप्त जानकारी गराएपछि प्रधानमन्त्री प्रचण्डले यसबारे छलफलका लागि ४ बजे बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्रीसँग छलफल गर्ने पशु सेवा विभाग र अन्तर्गतका निकायका प्रमुख तथा पशु सेवा क्षेत्रका पेशागत र व्यवसायिक संघसंस्थाका प्रतिनिधि सम्लिन टोली बालुवाटार जाने तयारी गरेका छन् ।
Language »