‘लम्पी स्किन संकटकाल’ घोषणा गर्न नेभ्लाको माग

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई बुझायो  ज्ञापन पत्र

काठमाडौँ । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एशोसिएशनले देशभरका पशुमा लम्पी स्किन रोगको महामारी देखिएकोले रोग नियन्त्रणका लागि संकटकाल घोषणा गरेर अघि बढ्नुपर्ने माग गरेको छ । एशोसिएशनले देशका ७७ वटा जिल्लाका ११ लाख पशु यो रोगबाट संक्रमित रहेको र ५० हजारभन्दा बढी पशुको मृत्यु भएकोले संकटकाल घोषणा गरेर नियन्त्रणमा अघि बढ्न माग गरेको हो ।

एशोसिएशनले आइतबार ६ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री पुष्पकमलदाहाल तथा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग यस्तो माग गरेको हो ।

एशोसिएसनले लम्पी स्किन रोगबाट भ्यावह बन्दै गएकोले महमारीको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्नुपर्ने, लम्पी स्किन रोग नियन्त्रण गर्न ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने, लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागि पशु चिकित्सक र प्राविधिक सशक्त रुपमा परिचालन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागि प्रयोग हुने औषधीको बजारमा अभाव रहेकोले आवश्यक औषधीको उपलब्धता बढाउनु पर्ने तथा बिमा गरिका पशुको बिमा बापतको क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने र लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरु र पत्यक्ष रुपमा पभावित भएको कृषक ÷व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउनु पर्ने माग गरेको छ ।

लम्पी स्किन रोग नियन्त्रणका लागि झण्डै ३० हजारका संख्यामा पशु स्वास्थ्य सेवामा संलग्न प्राविधिक जनशक्तिले युद्धस्तरमा काम गरिरहेको भए पनि यो संकट नघटेको भन्दै उनले एशोसिएशनले सरकारले प्रभावकारी र ठोस कदम चाल्नुपर्ने जनाएको छ ।