Home मुख्य समाचार लम्पी स्किन रोग नियन्त्रणको लागी बजेट प्रबन्ध हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रतिनिधिसभामाको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद अमितलाल राजवंशीले लम्पी स्किनको महामारीको सन्दर्भमा प्रधानमन्त्री संग प्रश्न उठाएका छन् ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले आवश्यक बजेटको प्रबन्ध गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।
‘लम्पी स्किन रोग नेपालमा पहिलो पटक व्यापक रूपमा फैलिएको अवस्था रहेको छ । रोग लाग्न नदिन र लागेका पशुहरूलाई उपचारका लागि सरकारले प्राविधिकहरू परिचालन गरेको छ । सातै प्रदेशमा अलग-अलग टोली परिचालन भएको छ,’ उनले भने, ‘रोग नियन्त्रण र उपचारका लागि संघीय सरकारबाट बजेट विनियोजन गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढेको छ ।’
नेपालमा व्यापकरुपमा फैलिएको यो रोगले किसान आक्रान्त बनेका छन् । तीन बर्ष अगाडी नेपालमा देखिएको यो रोग नियन्त्रणतर्फ पशु सेवा विभाग मुखदर्शक बनेका कारण किसानले क्षती व्योहोर्न परेको आरोप समेत लाग्ने गरेको छ ।
Language »