Home पशु र मानव कुखुराको दानामा नयाँ मापदण्ड, बोरामा अनिवार्य मूल्य राख्नैपर्ने
काठमाडौं । सरकारले कुखुराको दानाको गुणस्तर तथा मात्रामा नयाँ मापदण्ड लागू गरेको छ । दाना पदार्थ ऐन, २०३३ को दफा १० को अधिकार प्रयोग गरी दानाको गुणस्तर तथा मात्रामा नयाँ मापदण्ड कायम गरिएको हो ।
नयाँ मापदण्ड जेठ १५ गते राजपत्रमा प्रकाशित भए पनि १८० दिनपछि मात्र लागू हुनेछ ।
नयाँ मापदण्डअनुसार कुखुराको दाना पेलेट, क्रम्स वा धुलोजस्ता स्वरूपमा निर्माण गर्न सकिनेछ । यसरी दाना निर्माण गर्दा ३२ किसिमका वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । जसमा मकै, कनिका, ज्वार, गहुँ, जौ, चामल, रागी, सिमल तरुलको पिठो, वनस्पति तेल, भट्मासको पिठो, भट्मासको पिना, बदामको पिठो, बदामको पिनो, रेप्सिडको पिना, सूर्यमूखीको पिना, तिलको पिना, माछाको धुलो, बोन मिल, मेज ग्लुटेन, राइस ब्राउन, डिआयल्ड केक, गहुँको ढुटो, सालसिड, पिना, मोलामेस, चुन ढुंगाको धुलो, ड्राइ क्याल्सियम, फस्फेट, खाने नुन, खाने सोडा, सेलग्रिड, हड्डी चूर्णलगायत छन् ।
दाना पदार्थमा गुणस्तर वृद्धि गर्न वा आवश्यकताअनुसार पोषक तत्त्वहरू, मिश्रित आहार पूरक दाना पदार्थ तथा दानाको योगसिड पनि प्रयोग गर्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । तर दानामा एन्टिबायोटिक्स प्रयोग गर्न भने पाइने छैन । हानिकारक तत्त्वहरू आर्सेनिक, फ्लोरिन, सिसा, पारो, सोडियम नाइट्राइटको मात्रा पनि तोकिएबमोजिम मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्याकेजिङ र लेबलिङसम्बन्धी यसअघिको व्यवस्थालाई पनि केही कसिलो पारिएको छ । उद्योगहरूले अब आफूले उत्पादन गरेको कुखुराको दानालाई सफा र सुख्खा, नचुहिने, नफुटेको, प्लाष्टिकको बोरा वा सादा तथा पोलिथिन राखिएको जुटको बोरा वा लेमिनेटेड कागजको बोरामा बन्द गरी प्याकेजिङ गर्नुपर्नेछ । यसरी प्याकेजिङ गरेको बोरामा दानाको पहिचान खुल्ने नाम र ब्राण्डको नाम, दानाको प्रकार, उत्पादनको नाम र ठेगाना, खुद तौल (केजी) र अधिकतम् खुद्रा मूल्य, ब्याच नम्बरलगायत छन् ।
हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचना
Language »