गाँजा खेतीको अध्ययन गरिने

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. रामशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको अध्ययन गरिने जानकारी दिए ।
अर्थमन्त्रीले यो कार्यक्रम घोषणा गर्दा सांसदहरूले ताली बजाएर स्वागत गरेका थिए ।
नेपालमा लामो समयदेखि गाँजा खेतीलाई लिएर बहस हुँदै आएको छ ।