काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. केदार सुवेदीको जित सुनिश्चित देखिएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा ६६० मत खसेको थियो । यसमध्ये ५१९ मत गणना हुँदा डा. सुवेदी एक्लैले ३७७ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका डा. योगेन्द्रराज पन्तको पक्षमा मात्रै ११६ मत परेको छ ।
अध्यक्षतर्फ डा. रामकृष्ण खतिवडाले लिड गरिरहेका छन् भने उनलाई डा. कृष्ण काफ्लेले पछ्याइरहेका छन् । जारी गणनाको पछिल्लो अपडेटअनुसार खतिवडाले २९७ र काफ्ले २०२ मत पाएका छन् ।
उपाध्यक्षको प्रतिस्पर्धा अलि कडा देखिएको छ । डा. अशेष भट्टराईले २६२ मतका साथ अग्रता लिइरहँदा डा. अर्जुन अर्यालले २३६ मतका साथ उनलाई टक्कर दिइरहेका छन् ।
सचिवमा डा. शंकर न्यौपानेले २८६ र डा. हरि पन्तले २०७ मत पाएका छन् भने कोषाध्यक्षमा डा. शीकेष मानन्धरले डा. उमेश मण्डललाई पछि पारेका छन् । मानन्धरले हालसम्म २६९ र मण्डलले २१३ मत पाएका छन् ।
प्रधान सम्पादकमा यसअघि नै डा. नारायण पौडेल निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यहरूतर्फ
डा.नवीन पन्थी– २७६
डा. सुमित शर्मा – २९६
डा. प्रकाश अधिकारी – २१८
डा. सत्रुघन शाह – २८५
डा.मलिशा श्रेष्ठ– ३००
डा. सम्राट श्रेष्ठ– २४५
डा. जनक मजाकोटी २३१
डा. निकेष खनाल २५५
डा. रिकेष श्रेष्ठ– १८३
डा. सुशीलकुमार राय – १२९
डा. लोकेन्द्र न्यौपाने– २९०