एबी प्यालेटले गर्यो किसान र व्यवसायीलाई राखेर अन्तरक्रिया

काठमाडौ । टोखा पशु व्यावसायिक समिति र एबी प्यालेट फिड प्रालिको आयोजनामा काठमाडौंको टोखामा पशुपन्छीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृषक र विज्ञहरूलार्इ एकै ठाउँमा भेला गरेर गरिएको कार्यक्रममा पशु आहार तथा अहिले देखापरेका रोग र तिनको उपचार र एबी प्लेट फिडबाट उपादित शुभम् र सुपर दानाबारे छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै एबी प्लेट प्रालिका सञ्ञ्चालक पिताम्बर सन्जेलले यस क्षेत्रमा पछिल्लो समय देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले एबी प्यालेट फिडद्वारा उत्पादित शुभम् र सुपर प्लेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रहसमेत गरे । ‘हाम्रो मात्रै राम्रो छ, हाम्रो मात्र प्रयोग गर्नु भनेर भन्दैनौं । तर पहिले हाम्रो उत्पादन थोरै प्रयोग गरेर हेरिदिनुहोला ।’ आफ्नो दाना प्रयोगपछि किसानले यसको गुणस्तरबारे आफैं थाहा पाउने उनको भनाइ छ ।
कार्यक्रमका प्रशिक्षक डा. उमेश मण्डलले पशुपन्छीमा देखिएका विभिन्न रोगका कारण किसान चिन्तित भएको उल्लेख गर्दै यसरी सुर्ताउनुभन्दा ती रोगबाट बच्ने उपायतर्फ सोच्नुपर्ने बताए । पशुपन्छीमा कुनै रोगको संक्रमण भइहालेमा पशु प्राविधिक र चिकित्सकको सल्लाहमा नआत्तिइकन उपचार गर्न उपयुक्त हुने उनको सुझाव छ ।
पशुपालनका लागि गोठ कस्तो हुनुपर्छ ? मलमूत्रको व्यवस्थापन कसरी गर्ने ? भन्नेबारे चर्चा उनले पालनका लागि उपयुक्त गाईभैंसीबारे पनि किसानलाई प्रशिक्षित गराएका थिए ।

अहिले गाईमा लम्पी स्किन रोगको समस्या जटिल बन्दै गइरहेको छ । डा. यादवले यो र यसलगायतका अन्य रोगबाट बच्ने उपायबारे पनि किसानलाई जानकारी गराएका थिए ।
टोखा पशु व्यावसायिक समिति अध्यक्ष तथा कार्यक्रमका सभापति हिराकाजी श्रेष्ठले कम्पनीहरूले बेच्नका लागि सुरुमा राम्रो दाना पठाउने र पछि धेरै बिक्री हुन थालेपछि गुणस्तर घटाउने गुनासो गरे । यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गर्दै उनले क्वालिटीमा कम्परमाइज नगर्न आग्रह गरे ।
एबीले गुणस्तरलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने प्रश्न गर्दै उनले प्राथमिकतामा कम्पनी कि डिलर भन्ने सवाल पनि उठाए । जवाफमा एबी फिड्स प्रा.लिका म्यानेजर विवेक सन्जेलले लामो समयको अनुसन्धान र करोडौंको लगानीमा उद्योग सञ्चालनमा ल्याइएकाले गुणस्तरमा सधैं सचेत हुने भन्दै विश्वस्त पारे ।
टोखा पशु व्यावसायिक समितिका अध्यक्ष हिराकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा एबी फिड्स प्रालिका पशु प्राविधिक बुद्धिमान कार्की, दीपेश लामिछाने, मार्केटिङ म्यानेजर राजेन्द्र मैनालीलगायतले धारणा राखेका थिए ।
कार्यक्रम टोखा पशु व्यावसायिक समितिका सचिव धर्मराज उपाध्यायले सञ्चालन गरेका थिए ।