Home पशु र मानव देशभरका गाईभैँसीमा ‘लम्पी स्किन’को महामारी, संसदमा उठ्यो विषय
काठमाडौँ । देशभरका किसानले पालेका गाईमा अहिले ‘लम्पी स्किन’ रोगको महामारी देखिएपछि संसदमा विषय प्रवेश भएको छ ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले सोमबार प्रतिनिधि सभा (संसद) बैठकको शून्य समयमा बोल्दै यो रोगबारे विषय उठाउन गरेकी हुन् ।
उनले यो रोगले आम किसानलाई चिन्तत बनाइरहेकोले यसबारे सरकारले शीघ्र सम्बोधन गर्नुपर्ने बताइएकी छन् । ‘देशैभरिका किसानले पालेका गाईभैँसीमा अहिले लम्पी स्किन रोगको महामारी तीव्र बनिरहेको छ,’ उनले भनिन्, ‘यो रोगले अहिले गाईभैँसी मरिरहेका छन् ।
यस महामारीले किसानलाई चिन्तित बनाइरहेको छ । संक्रमणलाई रोकथाम गर्न किसानहरुले स्थानीय तह, पशु रोगसँग सम्बिन्धत निकाय र कार्यालयमा रोग नियन्त्रण, निशुल्क उपचार र पशुको मृत्यु भएको अवस्थामा क्षतिपूर्तिको माग गर्नुभएको छ । तर, सम्बन्धित कार्यालयहरुले बजेट अभावले किसानको माग पूरा गर्न नसक्ने बनाएका छन् । यसबाट किसान आक्रोशित बनेका छन् ।’ उनले लम्पी स्किन रोगको रोकथाम गर्न, उपचार गर्न र क्षतिपूर्तिका लागि बजेट उपलब्ध गराउन मागसमेत गरेकी छन् ।
Language »