एनभिए कर्णाली प्रदेशमा नयाँ कार्यसमिति, अध्यक्षमा योगी, सचिव बने मल्ल

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए), कर्णाली प्रदेशले नयाँ नेतृत्व पाएको छ । एसोसिएसनको शनिबार सम्पन्न अधिवेशनले डा. शतिस योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा डा. उमेश गिरी र सचिवमा डा. सोविना मल्ल शाह चयन भएका छन् । सहसचिवको जिम्मेवारी डा. चिरञ्जीवी रेग्मीले प्राप्त गर्दा डा. साजन रोकाया कोषाध्यक्ष बनेका छन् ।
अधिवेशनले ६ सदस्यसमेत चयन गरेको छ । जसमा डा. भृकुटी भट्टराई, डा प्रतिभा श्रेष्ठ, डा. विवेक थापा मगर, डा. निषा ज्ञवाली, डा. रोशनराज बहादुर सिंह ठकुरी र डा. जयन्ता महत छन् ।