एनभिए सुदूरपश्चिम प्रदेशको अध्यक्षमा ठगुन्ना

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनिभिए), सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डा. पान सिंह ठगुन्ना चयन भएका छन् । पाँच पदाधिकारी र ६ सदस्य चयन हुँदा ठगुन्नाले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
उपाध्यक्षमा डा. खेमराज उपाध्याय चयन भएका छन् । डा. विशला चन्दले सचिवको जिम्मेवारी पाउँदा डा. प्रमोद उपाध्याय सहसचिव बनेका छन् । यस्तै कोषाध्यक्षमा डा.रामचन्द्र जोशी चयन भयका छन् ।
नयाँ कार्यसमितिले ६ सदस्यसमेत पाएको छ । कार्यसमिति सदस्यहरूमा डा. भोजराज पाण्डे, डा. खड्ग कडायत, डा. दिगम्बर जोशी, डा. पार्वती कडायत, डा. पूजा केसी र डा. भुवनराज भट्ट छन् ।