काठमाडौं । मंगलबार मृत भेटिएका चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।
कँडेललाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित
व्यवसायी प्रदीप रूंगाटा र जीवन रावलविरूद्ध प्रहरीमा किटानी जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले कंडेललाई आत्महत्या गर्न बाध्य पारिएको जिकिर गर्दै दुईविरूद्ध किटानी जाहेरी परेको जनाएको छ ।
आत्महत्या दुरूत्साहनको उजुरीपछि प्रहरीले दुवै जनाको खोजी थालेको छ ।
रूंगाटा अनमोल फिड कम्पनी सेयरकर्ता हुन् भने रावल सोही कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट हुन् ।