नेपाल भेटेरिनरी एशोसिएसन बागमती शाखाको अध्यक्षमा डा. दीपक तिवारी

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश शाखाको अध्यक्षमा डा. दीपक तिवारी निर्वाचित भएका छन् ।
चितवनको सौराहामा चैत १८ गते भएको शाखाको तेस्रो साधारणसभा तथा अधिवेशनले तिवारीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका उपाध्यक्षमा डा. निमेश खनाल, सचिवमा डा. पवन आचार्य, सहसचिवमा डा. हरि अधिकारी, कोषाध्यक्षमा डा कला पन्त निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. सरोज विष्ट, डा. आसुतोष भट्ट, डा. पूजा बराल, डा. अनिश पाठक, डा. अनुप श्रेष्ठ र डा. सुवास मैनाली निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ लगायत केन्द्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।