नेपाल पशुपन्छी औषधि व्यवसायी संघ सगरमाथा शाखाको अध्यक्षमा सन्तोष सिंह

काठमाडौँ ।नेपाल पशुपन्छी औषधि संघ सगरमाथा शाखाको अध्यक्षमा सन्तोषकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।
शाखाको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा अर्को उम्मेदवार कायम नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
सिंहको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद साह, सचिवमा चन्द्रनारायण दास, सहसचिवमा श्यामकुमार चौधरी, कोषाध्यक्षमा हरिनारायण विराजी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा नरेन्द्रकुमार चौधरी, इन्द्रदेवकुमार यादव, महेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महिला सदस्यमा निर्मला बुढाथोकी निर्विरोध भएकी छन् ।