नेपाल भेटेरिनरी एशोसिएशन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशन(एनभीए) गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्वाचित भएका छन् ।
एनभीए गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले चौधरीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. भजुराम महतो, सचिवमा डा. अविनाश भट्टराई, सहसचिवमा डा. सपना लक्ष्मी घिमिरे, कोषाध्यक्षमा डा. शर्मिला कुमाल निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा डा.अजयराज ओझा,डा.सोनिया गुरुङ,डा.अनिल गौतम,डा.रुपक कँडेल,डा.सन्तोष बास्तोला र डा.गणेश रानाभाट निर्वाचित भएका छन् ।