भेटेरिनरी काउन्सिलबाट ढड्डालाई बिदाइ, सबै सेवा अब अनलाइनबाटै

काठमाडौं । पशु चिकित्सा परिषदमा कुनै सेवा लिन जान भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताले समय व्यवस्थापन कसरी गर्ने भन्ने सुर्तामा हुनुहुन्छ ? यदि यस्तो तनावमा हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस्, अब यहाँका सबै सेवा अनलाइनबाटै लिन सकिने भएको छ ।

परिषद्ले पहिलो पटक अनलाइन सेवा सञ्चालन प्रणाली सुरुवात गरेसँगै सबै सेवा अनलाइनबाट लिन सकिने भएको हो ।

विद्युतीय कारोबार नियमावली २०६४ को नियम ३७ बमोजिम बुधबारदेखि परिषद्को सेवा अनलाइन प्रणालीमा लगिएको परिषद्का निमित्त रजिष्ट्रार डा. मनोजकुमार शाहीले भेट खबरलाई जानकारी दिए ।

उनका अनुसार अब चिकित्सकको नाम दर्ता, लाइसेन्सिङपरीक्षाको आवेदन, आवधिक दर्ता, विशेषज्ञ दर्ता, इथिकल एप्रभल, नो अब्जेक्सन लेटर, परिचयपत्रलगायतका सम्पूर्ण सेवाहरू परिषद्को अनलाइनबाट लिन सकिनेछ ।

पशु चिकित्सकले चिकित्सकीय काम गर्नका लागि परिषद्बाट लाइसेन्स लिनुपर्ने व्यवस्था छ । परिषद्ले सञ्चालन गर्ने यस्ता कम्प्यूटर वेस्ड परीक्षाको नतिजा आधा घण्टामै प्रकाशित गर्दे आइरहेको छ ।

परिषद्को सेवाका लागि बुझाउनुपर्ने दस्तुर पनि मोबाइलबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

योसँगै परिषद् पहिलो पटक पेपरलेस बनेको छ । परम्परागत शैलीमा सेवा प्रवाह गर्दै आइरहेको परिषद्ले सबै काम अनलाइनबाट गर्ने प्रबन्ध मिलाएपछि सेवाग्राही धाएर सेवा लिनुपर्ने झण्झटबाट मुक्त बनेका छन् ।

हेर्नुहोस परिषद्को सुचना

सच्याईको
एनिमल मुभमेन्ट ट्रयाकिङ सिष्टमको विकास गरेको खण्डमा पशुपन्छी ढुवानी मापदण्डको प्रभावकारी कार्यान्वयन हुनसक्ने काउन्सिको धारणा रहेको भन्नेमा अन्यथा भएकोले सच्याईको छ । – सम्पादक