राष्ट्रियसभाको सम्भावित कार्यसूचीमा चढ्यो पशुसम्बन्धी विधेयक

काठमाडौं । विवादित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ राष्ट्रियसभाकधो आजको बैठकको सम्भावित कार्यसूचीमा चढेको छ ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयक आज राष्ट्रियसभामा पेस गर्ने तयारी गरिएको हो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले पशुसम्बन्धी विधेयक राष्ट्रियसभाको आजको सम्भावित दैनिक कार्यसूचीमा परेको जनाएका छन् ।

पशुसम्बन्धी विधेयक विभेदकारी र एकपक्षीय भएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पशु चिकित्सा परिषद् यसलाई अघि बढाउन नहुने पक्षमा देखिएका छन् । तथापि, उनीहरूको विरोधकै बीच विधेयक राष्ट्रियसभाबाट टुंग्याउने तयारी गरिएको छ ।

संसद्को दुवै सदनबाट विधेयक पारित भएपछि त्यो राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ । राष्ट्रिपतिबाट स्वीकृत भएपछि त्यसले कानूनको रूप लिनेछ ।