क्विज प्रतियोजगता गर्दै भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन, क–कसले भाग लिन पाउँछन ?

काठमाडौं । चौथो अलटेक नेशनल इन्टर–कलेज भेटेरिनरी क्विज प्रतियोगिता हुने भएको छ ।

इन्टरशनेशनल भेटेरिनरी स्टुडेन्ट्स एसोशिएसन, रामपुर (आइभीएसए रामपुर) को आयोजना यही जेठ २८ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा प्रतियोगिता हुन लागेको हो ।

भेटेरिनरी विद्यार्थीको शैक्षिक स्तरोन्नतिका लागि क्विज (हाजिरीजवाफ) प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक आइभीएसएका अध्यक्ष प्रमोदकुमार चौधरीले जानकारी दिए ।

एक दिन सञ्चालन हुने प्रतियाेगितामा एएफयू विश्वविद्यालयअन्तर्गत इन्ष्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्स, पाख्लिहवा, हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजी र नेपाल पोलिटेक्निक इन्ष्टिच्युटका विद्यार्थीले भाग लिन पाउनेछन् ।