काठमाडौं । चितवनमा उत्पादित कुखुरा, त्यसको अण्डा, चल्ला, मासु र सुली आयातमा तनहुँले रोक लगाएको छ ।
चितवनलगायत जिल्लामा बर्डफ्लू संक्रमण देखिएको भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँले यस्तो निणर्य गरेको हो ।
तनहुँ जिल्लामा बर्डफ्लू रोग संक्रमण नफैलियोस् भनेर जिल्ला बर्डफ्लू रोग नियन्त्रण समितिको बैठकको निणर्यबमोजिम आवश्यक सतर्कता अपनाइएको वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जनाएका छन् ।
उनका अनुसार, चैत २६ गते दिउँसो १२ बजेदेखि कार्यान्वयनमा आएको यो नियम अबको एक हप्ता लागू हुनेछ ।
सम्बन्धीत समाचार