भैरहवा । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं महाधिवेशन सुरु बोधी रेड्सन होटल, भैरहवामा सुरु भएको छ । लुम्बिनी प्रदेशकी कृषि मन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार आयोजित एक समारोहबीच महाधिवेशन उद्घाटन गरेकी हुन् ।
महाधिवेशन उद्घाटनपछि बोल्दै कार्यक्रमकी प्रमुख अतितिसमेत रहेकी मन्त्री रायमाझीले पशुपन्छी औषधि व्यवसायीको तालिमका लागि प्रदेश सरकारले २६ लाख बजेट छुट्याएको जानकारी दिइन् । विनियोजित बजेट थोरै भएको र आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
संघका अध्यक्ष भूपेन्द्रप्रसाद गौतमले आफू नेतृत्वको कार्यसमितिले निर्वाचित भएपछि गरेका गतिविधिबारे जानकारी दिएका थिए ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले वैधानिक औषधि पसल दर्तामा कुनै समस्या नरहेको बताए । अवैध ढंगले सञ्चालित पसल नवीकरणका लागि भने विभागले केही गर्न नसक्ने उनले प्रष्ट पारे ।
कार्यक्रमका अर्का वक्ता नेभ्लाका अध्यक्ष राम मेहताले भेटेरिनरी संघ÷संस्थाहरूले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पनि भेटेनिरी क्षेत्रका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । साथै उनले औषधिको गुणस्तरमा ध्यान दिन पनि जोड दिए ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका संस्थापक महासचिव मधुसुदन गुरागाईंले संघको महाधिवेशन कर्मकाण्डी नभएर उपलब्धिमूलक हुनुपर्ने आवश्यकता औंल्याए । उनले भेट टाइम्सको कभर पृष्ठ देखाउँदै भने, ‘आगामी दिनमा पत्रपत्रिकामा यस्ता हेडलाइन बन्न नपाओस् ।’ उनले पशुपन्छीको औषधिका गुणस्तरमा प्रश्न उठेको उल्लेख गर्दै यसमा ध्यान दिन सुझाव दिए ।
पूर्वअध्यक्ष नवराज तिमिल्सिनाले दुई वटा विभाग भएकाले काम गर्न अप्ठ्यारो भएको गुनासो गरे ।
शुक्रबारदेखि सुरु महाधिवेशन दुई दिनसम्म चल्नेछ । महाधिवेशनले अध्यक्षलगायत नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्वका लागि दुई उम्मेदवार चुनावी मैदानमा खडा