औषधि व्यवसायीको स्थापना दिवस: आश्रमलाई फ्रिज, आश्रितलाई भोजन

काठमाडौं ।नेपाल पशुपन्छी औषधि व्यवसायी संघले सामाजिक संस्था मानव सेवा आश्रमलाई फ्रिज सहयोग गरेको छ ।

गोंगबुस्थित आश्रम पुगेर संघका पदाधिकारीले फ्रिज हस्तान्तरण गरेका हुन् ।

संघको ३१ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम, गंगबुलाई फ्रिज हस्तान्तरण गरेको संघले जनाएको छ ।

संघले केक काटेर आश्रितहरूलाई भोजनसमेत गराएको छ ।