विराटनगर। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ १ नं. प्रदेश कार्यसमितिको अध्यक्षमा अशोक सुवेदी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरको होटल मनास्लुमा सङ्घका केन्द्रीय अध्यक्ष भूपेन्द्र प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदेश कार्यसमितिको तेस्रो अधिवेशनले सुवेदीलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले ११ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले संघ प्रदेश कार्यसमितिको उपाध्यक्ष (थोक)मा दिल कुमार लामिछाने, उपाध्यक्ष (खुद्रा)मा तारा चन्द्र अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै, सचिवमा सुवास चन्द्र बर्तौला, सहसचिवमा सन्तोष भट्टराई र कोषाध्यक्षमा भोला तिम्सिना लाई निर्वाचित गरेको छ । सदस्यहरूमा दीपक रिजाल, अर्जुन आचार्य, दीपक चन्द्र सेन र लक्ष्मी प्रसाद कोइराला निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिका पदाधिकारीलाई कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष भूपेन्द्र प्रसाद गौतम ,उपाध्यक्ष यज्ञराज ढकाल लगायतका केन्द्रीय पदाधिकारीहरू, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा व्यवसायीले प्रमाणपत्रसहित अबिर र खादा ओढाएर सम्मान गरे ।