काठमाडौं । कुखुराको दानाको भाउ वृद्धि गरिएको छ ।
०७८ मंसिर १७ गते बसेको नेपाल दाना उद्योग संघको बैठकले दानाको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
ब्रोइलरको दानामा प्रति केजी रु. ६.५० र लेयर्सको दानामा प्रति केजी रु. ५ मूल्यवृद्धि गरिएको छ । क्रोइलरको दाना प्रतिकेजी रु. २ मूल्य बढाइएको छ ।
संघका अनुसार, मूल्यवृद्धिको निर्णय आइतबारबाट लागू हुनेछ ।
नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले भटमासको पिना र मकैमा नेपाल सरकारले लगाएको कर समायोजन नभएसम्म दानाको मुल्य घटाउन नसकिने बताए ।
दानामा प्रयोग हुने भट्मासलगायत कच्चा पदार्थको मूल्य बढेकाले बाध्य भएर मूल्य वृद्धि गर्नु परेको अध्यक्ष पुरीले प्रतिक्रिया दिए ।