क्वालिटीले भित्रायो सासो प्यारेन्ट स्टक चल्लाको मेसिन, उत्पादन वैशाखबाट

काठमाडौं । सासो प्यारेन्ट चल्ला अब नेपालभित्रै उत्पादन हुने भएको छ ।
बालाजुस्थित क्लालिटी ह्याचरी प्रालिले देशभित्रै उत्पादन गर्न लागेको हो ।

क्वालिटीका सञ्चालक विजयभक्त मानन्धरले फ्रान्सबाट चल्ला उत्पादनका निम्ति सासो ग्राण्ड प्यारेन्ट आयात गरिसकिएको भेट टाइम्सलाई जानकारी दिए । मानन्धरका अनुसार ०७९ वैशाखबाट सासो प्यारेन्ट स्टक चल्ला उत्पादन गर्ने योजना छ ।

यसअघि यो प्रजातिका चल्ला विदेशबाट आयात गर्ने गरिएको थियो । क्वालिटीले विगतको झन्झटिलो प्रक्रियाबाट मुक्ति पाउनुका साथै गुणस्तरीय चल्लाबाट कृषक लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

यसैबीच, फ्रान्सको सासो कम्पनीका टेक्निकल डाइरेक्टर डा. चचविन बेलेक नेपाल आएका छन् । उनले विभिन्न ह्याचरी एवं सासो चल्लाको विविध पक्षबारे काठमाडौंमा आयोजित अन्तरक्रियामार्फत कृषकहरूलाई प्रशिक्षित गरेका छन् ।