पशुपन्छी औषधी व्यावसायी संघको अधिवेशन बुटवलमा

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं अधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने तय भएको छ ।

संघको हालै सम्पन्न केन्द्रीय समिति बैठकले आगामी १६र १७ गते बुटवलमा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष भूपेन्द्रप्रसाद गौतमले भेट खबरलाई जानकारी दिए ।

संघमा देशभरका पशुपन्छी औषधी व्यावसायीहरू गोलबद्ध छन् । पुसमा हुने अधिवेशनले आगामी कार्यकालको नेतृत्व चुन्ने छ ।

गौतम नेतृत्वको अहिलेको समिति विराटनगरमा सम्पन्न अधिवेशनबाट चुनिएको थियो । व्यावसायिक संगठन भएता पनि नेतृत्वसँगै अन्य पदमा कडा प्रतिस्पर्धा हुने गरेको छ । यस पटक पनि संघको नेतृत्वमा धेरैले आकांक्षा देखाउने ठानिएको छ ।