काठमाडौं । सर्लाहीको हरिवनमा पशु चिकित्सा अध्ययनरत एक विद्यार्थीको हत्या भएको छ । कलैया बारा स्थायी ठेगाना भई भरतपुरमा पशु चिकित्सा अध्ययनरत सुरेशकुमार शाहको ०७८ भदौ २९ गते मंगलबार हत्या भएको हो ।
सुरेश नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारायणी शाखाका सदस्य एवं पशुपति भेट डिष्ट्रिब्युटर्स, कलैया बाराका सञ्चालक रामाघार प्रसाद साहका छोरा हुन् ।
भरतपुरमा रहेका उनलाई त्यहाँबाट सर्लाहीको हरिवन बोलाइएर हत्या गरिएको बताइएको छ । कसले, किन बोलायो भन्नेबारे भने केही खुलाइएको छैन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले घटनाको घोर भत्र्सना गरेको छ ।
साथै उसले घटनाको अनुसन्धान गरी अपराधीमाथि कडाभन्दा कडा सजाय दिन माग गरेको छ । यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।