काठमाडौं । सरकारले कृषि तथा वन सेवातर्फका एक सहसचिवलाई पदोन्नति गरेर कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको हो ,।
लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित बढुवा सिफारिस समितिले कृषितर्फको रिक्त सचिव पदमा पूर्तिका लागि शर्मासँगै डा. निरू दाहाल पाण्डे र दीपक खरेलको नाम सिफारिस गरेको थियो । यीमध्ये सबैभन्दा वरिष्ठ शर्मालाई सरकारले सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यसअघि डा. योगेन्द्रकुमार कार्की कृषि सचिव थिए । केही हप्ताअघि उमेर हदका कारण कार्कीले अवकाश पाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषितर्फको सचिव पद रिक्त थियो । पशुपन्छी विकासतर्फ भने हाल डा. कृष्णप्रसाद आचार्य सचिवको भूमिकामा छन् ।